Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो भिडियो केवाईसी सेवा शुभारम्भ


  • बिहिबार, फाल्गुन १० २०८०

  • माछापुच्छ्रे बैंकले सुरु गर्‍यो भिडियो केवाईसी सेवा शुभारम्भ

    काठमाडौँ- माछापुच्छ्रे बैंकले भिडियो केवाईसी सेवाको शुभारम्भ गरेको छ। उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरूले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सकिने बैंकले जनाएको छ ।

    यो सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवा मार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्ने बैंकले जनाएको छ ।

    साथै सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij