काठमाडौं – नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सुरु भएको छ । बैठकको सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन । राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता । स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित कांग्रेस महासमिति बैठक भइरहेको छ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् ।
नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने छन् । बैठकमा २ हजार ५ सय प्रतिनिधि सहभागी हुने छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
