Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध मुद्दा दायर


  • आइतबार, फाल्गुन ६ २०८०

  • पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा खानेपानी मन्त्रालयका पूर्वसचिव भिम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आइतबार पूर्वसचिव उपाध्यायसहित १८ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको हो ।

    आयोगले पूर्वसचिव उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरलाई प्रतिवादी बनाएको छ । यस्तै, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकहरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा, सूर्यराज कडेल, बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङसहित १५ जना नेपाली र तीन विदेशी परामर्शदातालाई पनि प्रतिवादी बनाइएको बताइएको छ ।
    मेलम्ची आयोजनाको निर्माण व्यवसायी सिएमसी दि रभेन्नालाई रनिङ बिलमा काम नै नगरी भुक्तानी गरेको, निर्माण व्यवसायीले छाडेर गएको मेसिन, यन्त्र, उपकरण र अन्य सामग्रीको रेन्टल चार्जसमेत कट्टा नगरी भुक्तानी गरेको आरोपपत्रमा उल्लेख छ।

    हेर्नुस मुद्धा दायर अभियोग पत्र

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij