Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक


  • शुक्रबार, फाल्गुन ४ २०८०

  • नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक

    काठमाडौं – नेपाल मेडिकल कलेजले भारी मात्रामा विशेषज्ञ चिकित्सक माग गरेको छ । अत्तरखेल काठमाडौंमा रहेको कलेजले आज सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो ।

    कलेज प्रशासनद्वारा प्रकाशित सूचना अनुसार इन्टरनल मेडिसिन, कार्डियोलोजी, पल्मोनोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर, एनेस्थेसियोलोजीमा प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरिएको छ ।

    यस्तैगरी, स्त्री तथा प्रसुति रोग, दन्त रोग, बाल रोग, ट्रान्सप्लान्स फिजिसिएन लगायतका पदहरुमा दरखास्त माग गरिएको छ । कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दक्ष जनशक्ति थप गर्ने निर्णय अनुसार चिकित्सकहरु माग गरिएको हो ।

    योग्यता पुगेका चिकित्सकहरुले इमेल मार्फत आफ्नो व्यक्तिगत विवरणसहित आवेदन दिन सक्नेछन् । दरखास्त दिने अन्तिम दिन फागुन ११ गते रहेको छ । कलेजले दरखास्त दिएका मध्येबाट सर्ट लिस्टमा परेकाहरुलाई अन्तरवार्ताका लागि बोलाउने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij