Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लैनचौरबाट व्यवसायी अरुण चौधरी पक्राउ


  • बिहिबार, माघ १८ २०८०

  • लैनचौरबाट  व्यवसायी अरुण चौधरी पक्राउ

    काठमाडौं – व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

    सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा सिजी होल्डिङ्सका अध्यक्ष चौधरीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा सीआईबीले अनुसन्धान गरिरहेको छ । साथै प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij