काठमाडौँ – राजस्व अनुसन्धान विभागले काठमाडौँको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा छापा मारेको छ । घरमा २ करोड नगद फेला परेको छ ।
विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी नरेश अग्रवाल र उनका सहयोगीहरुलाई पक्राउ गरिएको बताए । अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न भएको आरोप छ । पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
