Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घट्यो


  • सोमबार, माघ १ २०८०

  • पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ  घट्यो

    काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो। निगमले प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो।

    इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले पनि समायोजन गरेको हो। नयाँ मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा १६३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६५ र तेस्रोमा १६६ रुपैयाँ प्रलिलिटर कारोबार हुनेछ। यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १५३ रुपैयाँ ५० पैसा, दोस्रोमा १५५ र तेस्रोमा १५६ रुपैयाँ प्रतिलिटर कायम हुनेछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij