Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रामबहादुर बमजनलाई प्रहरीको पञ्जामा पार्ने अपरेशन ‘ब्लु’


  • बुधबार, पुष २५ २०८०

  • रामबहादुर बमजनलाई प्रहरीको पञ्जामा पार्ने अपरेशन ‘ब्लु’

    काठमाडौं – आफुलाई तपस्वी बताउने रामबहादुर बमजन पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरोले अपरेशन ‘ब्लु’ चलाएको जनाएको छ । लामो समयदेखी प्रहरीको खोजीमा रहेका बमजनलाई अपरेशन ‘ब्लु’ संचालन गरेको सिआइवीले मंगलवार काठमाडौंको हात्तिगौडावाट पक्राउ गरेको हो ।

    उनलाई बधवार प्रहरीले सार्वजनिक गरेको छ । उनको घरवाट प्रहरीले ३ करोड ३ लाख ५ सय नेपाली रुपैयोँ र विभिन्न देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरावर विदेशी मुद्रा बरामद गरेको छ ।

    वारा, सिन्धुली लगाएतको जंगलमा तपस्या गरेर पछि मानिस वेपत्ता पार्ने र बलात्कार जस्ता आरोप लागेका बमजनले आफुले कुनै गल्ती नगरेको प्रारम्भिक बयान दिएका छन । उनले आफु जंगलमा ध्यान र तपस्या गरेर बसेको दावी गरेका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij