काठमाडौं – भारतीय विदेश मन्त्री एस जयशंकरको दुई दिने औपचारीक भ्रमण सम्पन्न भएको छ । विहिवार नेपाल भ्रमणमा आएका जयशंकर शुक्रवार स्वदेश फर्किएका छन । विदेशमन्त्री जयशकरको भ्रमणका क्रममा नेपाल र भारत विच दीर्घकालिन विद्युत सहमति पत्रमा हस्ताक्षेर भएको छ । यो सहमति पछि भारतका सरकारी तथा निजी क्षेत्रले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन विद्युत खरिद – विक्री सम्झौता गरी विद्युत लिन सक्ने छन । सम्झौताले १० वर्षमा भारतले नेपाल वाट १० हजार मेघावाट विजुली खरिद गर्ने बाटो समेत खोलेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा बिहीबार दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका छन्।
शुक्रवार विदेशमन्त्री जयशंकरले पशुपतिनाथ दर्शन गरेका छन । आजै उनको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
