काठमाडौं – विचौलियाहरुले राजनितिमा प्रवेश गरेर राज्यका सम्पत्ति माथी कसरी कब्जा जमाउँछन भन्ने एउटा गतिलो उदाहरण बनेको छ, नेपाल स्काउटको लैनचौरको तीन रोपनी जग्गा ।
१० वर्षका लागी नेपाल स्काउटका तत्कालीन पदाधिकारीलाई प्रभावमा पारेर भाडामा लिएका कांग्रेस सांसद एवं व्यवसायी दीपक खड्काले आदालत ले खाली गर्ने आदेश दिदा समेत खाली गर्न नमाने पछि नेपाल स्काउटले संसदको राज्यव्यवस्था तथा सुशासन समिति समक्ष गुहार मागेको छ ।
उच्च अदालत पाटनले जमिन खाली गर्न आदेश दिइसक्यो तर सांसद खड्काको खड्का ल्याण्ड डेभलमेन्ट प्रा . लिले अदालतको आदेश पालना गर्ने छाँटकाँट नदेखे पछि स्काउटले संसदिय समितिसंग गुहार मागेको हो । स्काउटले सांसद खड्काले जमिन खाली नगराएको मात्र होइन अहिले सम्मको भाडा ५ करोड ४१ लाख ७० हजार ३ सय १४ रुपैयाँ समेत नतिरेकाले उठाइदिन समिति समक्ष अनुरोध गरेको छ । स्काउटका प्रशासकिय अधिकृत सन्तोष चौहानले समितिलाई पत्र लेख्दै जमिन खाली गराई भाडा समेत असुल गराइदिन आग्रह गरेका छन ।
सांसद खड्काको कम्पनीले २०६५ सालमा स्काउटको जमिन १० वर्षलाई भाडामा लिए पनि फर्जी कागज बनाई सम्झौताको म्याद पाँच वर्ष थपेको आरोप स्काउटको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
