काठमाडौं – नेपाल र भारत विच दीर्घकालिन विद्युत सहमति पत्रमा हस्ताक्षेर भएको छ । भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा उक्त सहमति भएको हो । यो सहमति पछि भारतका सरकारी तथा निजी क्षेत्रले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन विद्युत खरिद – विक्री सम्झौता गरी विद्युत लिन सक्ने छन । सम्झौताले १० वर्षमा भारतले नेपाल वाट १० हजार मेघावाट विजुली खरिद गर्ने बाटो समेत खोलेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा बिहीबार दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
