Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नाडा अध्यक्षमा करण चौधरी निर्विरोध


  • शुक्रबार, पुष १३ २०८०

  • नाडा अध्यक्षमा करण चौधरी निर्विरोध

    काठमाडौं – नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)मा सम्पूर्ण कार्यसमिति नै सर्वसम्मत निर्वाचित भएको छ । अध्यक्षमा करण चौधरीको मात्रै मनोनयन दर्ता भएको छ । कार्यसमिति सदस्यमा पनि आवश्यक संख्यामा मात्रै मनोनयन दर्ता भएपछि कार्यसमिति नै सर्वसम्मत भएको हो ।

    कार्यसमिति सदस्यमा साधारण सदस्यहरुको तर्फबाट राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मीलनबाबु मल्ल, दीपेन्द्र कुमार मिश्र, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंहानिया, नवराज भुसाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदिपमान प्रधान, संजयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ र प्रकाश कपुरी निर्वाचित भएका हुन् ।

    त्यसेगरी संस्थागत सदस्यका तर्फबाट सञ्जयकुमार श्रेष्ठ (मोरङ अटोमोबाइल एसोसिएसन), तेज नारायण शाह (जानकी अटोमोबाइल एसोसिएसन), कुलबहादुर क्षेत्री (चितवन अटोमोबााइल एसोसिएसन) र कृष्णप्रसाद श्रेष्ठ (पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन), गणेशप्रसाद भट्टराई (लुम्बिनी अटोमोबाइल एसोसिएसन अफ नेपाल), भद्र भण्डारी (कर्णाली अटोमोबाइल एसोसिएसन), पुस्करराज ओझा (सुदुर पश्चिम अटोमोबाइल डिलर्स एसोसिएसन) कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij