काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले नारायणगढदेखी बुटवल सम्मको १ सय १३ किलोमिटर पैदल यात्रा गर्ने भएका छन । सङ्क विस्तार भैरहेको उनक क्षेत्रमा स्थानीयको समस्या बुझ्न र सरकारलाई दवाव दिन यात्रा गर्न लगिएको सभापति लमिछानेले बताएका छन । उनले स्थानीयलाई स्वागत कार्यक्रम नराख्न अनुरोध गर्दै सङ्क अवरोध हुने गरी आफ्नो यात्रा नहुने प्रष्ट पारेका छन । यात्रा पुस ९ गतेबाट हुने छ । यात्रा वारे रबि लामिछाने लेख्छन :
भोलि नारायणगढदेखि बुटवलसम्मको पैदल यात्रामा निस्कदैछौं। तीन दिनमा ११३ किलोमिटर दूरी पार गर्ने लक्ष्य छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्राक्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु यात्राको मुख्य उद्देश्य हो। यात्रामा मलाई पार्टीका नेतागण र सांसदहरुले पनि साथ दिँदै हुनुहुन्छ।
यात्राक्रममा सडकको दायाँवायाँ बस्ती छिरेर वा निश्चित ठाउँमा भेला भएर स्थानीयसँग अन्तरक्रिया गर्ने चाहना थियो। उहाँहरूका समस्या सुन्ने र सुझाव ग्रहण गर्ने इच्छा थियो। तर, यात्राको दिन लम्बिने भएकाले यसपटक त्यसका लागि समय छुट्याउन असमर्थ भएको छु। यात्राको बीच-बीचमा स्वागत वा अन्य कार्यक्रम नराख्न पनि अनुरोध गर्दछु । हाम्रो उद्देश्य सांकेतिकरुपमा सरकारको ध्यानाकर्षण गराउनु हो। र, सवारी साधनको आवत-जावतमा कुनै अवरोध नहाेस् भन्नेमा पनि हामी सचेत छाैं। दबाब यात्रमा साथ दिन आउनु हुने कसैले पनि झन्डा, लोगो, टि-सर्टलगायत पार्टी सम्बद्ध कुनै पनि बस्तु प्रयोग नगरिदिनुहुन पनि आग्रह गर्दछु ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
