Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ग्लोबल आइएमई बैंकको वार्षिक साधारण सभा सम्पन्न


  • बिहिबार, मंसिर २८ २०८०

  • ग्लोबल आइएमई बैंकको वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौ – ग्लोबल आइएमई बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्र ढकालको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

    सभाले प्रस्तावित एक प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश पारित गरेको छ । साधारणसभाले सञ्चालक समिति पनि चयन गरेको छ । जस अन्तर्गत संस्थापकबाट तीन र सर्वसाधारणबाट अर्को तीनजना नयाँ सञ्चालकको चयन भएका छन् ।

    सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गरेको छ । यस्तै, सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक पनि निर्धारण गरेको बैंकले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij