काठमाडौं – नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलले सरकारमा जाने ठूलो कुरा नभई सरकारमा गएर जनताको पक्षमा गर्ने काम ठूलो कुरा भएको बताएका छन । कांग्रेसलाई संघिय सरकार र प्रदेश सरकारमा जाने अवसर प्राप्त भएकाले त्यसको पूर्ण सदुपयोग गर्दै राम्रा काम गर्नु पर्ने कुरा बताए ।
उनले गठवन्धन सधै नहुन सक्ने भएकाले राम्रा कामको माध्यम वाट पार्टीलाई बलियो बनाउँनु पर्ने बताए । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ क्षेत्रिय समितिको शुभ कामना आदान प्रदान कार्यक्रममा बोल्दै पौडेलले सरकारले अहिलेको आर्थिक संकट समाधान गर्नु पर्ने बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
