काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई हटाएका छन्।
मुख्यमन्त्री पोखरेलले मन्त्री खड्कालाई हटाएको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएका छन्। मुख्यमन्त्री पोखरेलले उक्त मन्त्रालय आफैँले हेर्ने गरी राखेका हुन्।
मन्त्री खड्का नेपाली कांग्रेसका निवर्तमान सांसद हुन्। उनी २०७४ सालमा समानुपातिक सांसद भएका थिए।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
