Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

त्रिशुली किनारमा यात्रुवहाक बस खस्यो,१६ घाइते


  • शनिबार, कार्तिक १९ २०७९

  • त्रिशुली किनारमा यात्रुवहाक बस खस्यो,१६ घाइते

    काठमाडौं – काठमाडौंवाट रुकुमकोट जाँदै गरेको वस त्रिशुली नदिको  किनारमा खसेको छ । रोराङ गाँउ पालिका – १० हुग्दिखोला स्थीत त्रिशुली किनारमा वस खस्दा १६ जना घाइते भएको प्रहरीले जनाएको छ । वस २ सय मिटर तल खसेर दुर्घटना भएको हो । घाइतेको उपचार भइरहेको छ ।

    घाइतेको नामावली :

    १. बस चालक– धादिङको गल्छी गाउँपालिका–८ बस्ने २४ वर्षीय सुमन तामाङ ।

    २. पूर्वी रुकुमको सिस्ने गाउँपालिका–४ बस्ने १९ वर्षीय भुवन केसी ।

    ३. पूर्वी रुकुमकै अन्दाजी २१ वर्षीय मदन बुढामगर । ।

    ४. दोलखाको वैतेश्वर गाउँपालिका–८ बस्ने २१ वर्षीय श्रीकृष्ण श्रेष्ठ ।

    ५. पश्चिम रुकुमको बाफिकोट गाउँपालिका–९ बस्ने ३६ वर्षीय मदनबहादुर विक ।

    ६. कञ्चनपुरका २४ वर्षीय तेजबहादुर कठायत ।

    ७. कास्कीका कृष्णप्रसाद अधिकार ।

    ८. काठमाडौं बस्ने अनिष लामिछाने ।

    ९. बाराको करैयामाई गाउँपालिका बस्ने २७ वर्षीय प्रविण चौधरी ।

    १०. रौतहटको चन्द्रपुर नगरपालिका–२ बस्ने २६ वर्षीया सीता मैनाली ।

    ११. रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–३ बस्ने ५० वर्षीय नरबहादुर खड्का ।

    १२. रुकुम पश्चिमको आठविषकोट गाउँपालिका–८ बस्ने ३४ वर्षीय शिवबहादुर शाही ।

    १३. दोलखाको कालिनचोक गाउँपालिका–९ बस्ने ३४ वर्षीय अविशेक खाती ।

    १४. सिरहाको गोलबजार नगरपालिका–१३ बस्ने २२ वर्षीय रमेश सिंह ।

    १५. बागलुङको निसाखोला गाउँपालिका बस्ने सविन छन्त्याल ।

    १६. रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ बस्ने योगेश्वर विक ।

    १७. रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ बस्ने प्रेमसिंह बोहोरा ।

    १८. रामेछापको मन्थली नगरपालिका–९ बस्ने मिलन लामा ।

    १९. धादिङको गल्छी गाउँपालिका–८ बस्ने रत्न तामाङ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij