काठमाडौं – झुटा विवरण राखेर डिभि भर्नु भएको छ ? डिभि परेपछि त्यहि झुटा विवरण अनुसार नक्कली कागजात बनाएर भिषाको लागी अमेरिकी दुतावासमा पुग्नु भएको त छैन ? त्यसरी नक्कली कागजात पेश गर्ने एउटा समूह नै प्रहरीको फन्दामा पारेका छन ।
पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर भई टोखा बस्ने २५ वर्षीया राधिका तामाङ र स्याङ्जा घर भई बसुन्धारा बस्ने ३८ वर्षीया सविता श्रेष्ठ छन्।
यस्तै अछामका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापाका ४६ वर्षीय विदुर प्याकुरेल, ४० वर्षीय दिनेश प्रसाईं र ४७ वर्षीय सूर्यबहादुर श्रेष्ठ छन्। त्यस्तै एक जना काठमाडौंका २१ वर्षीय सूर्यराज खत्री पक्राउ परेका हुन्।
उनीहरुको प्रमाण पत्र माथी शंका लागे पछि दुतावासले नै प्रहरीलाई खवर गरेको हो । उनीहरुले नक्कली प्रमाण पत्रको लागी आठ लाख सम्म खर्च गरेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
