Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु


  • बिहिबार, भाद्र ३० २०७९

  • काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

    काठमाडौं – काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । जिल्लाको बेथानचोक गाउँपालिका ४, चलाल गणेशथानमा गएराति पहिरो जाँदा तीनजनाको मृत्यु भएको हो । उक्त पहिरोले घर पुरिँदा सो घरमा सुतिरहेका ६५ वर्षीया ठुलीमाया तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको हो ।
    सावित्री र मीरबहादुर लुदुलुङ तामाङका छोराछोरी हुन् । सावित्री र मीरबहादुरको घटनास्थलमा र लुदुलुङको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान ३ बजेर ३० मिनेट जाँदाको समयमा बेथानचोक गाउँपालिका वडा नम्बर–४ स्थित ढुंगा खानी नजिकै पहिरो खसेको थियो ।।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij