काठमाडौं- नबिल बैंकले आइतबार एकैदिन आठ ठाउँमा आफ्ना शाखा विस्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो ।
आइतबार उद्घाटन भएका आठ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय २३३ पुगेको छ । आफ्नो दीर्घकालीन रणनीति अनुरूप शाखाहरू विस्तार गरेको बैंकले जनाएको छ ।
नयाँ बजारहरूमा आफ्नो उपस्थिति गराई स्थानीय बासिन्दा, व्यापारी र विद्यमान ग्राहकहरूलाई सेवा प्रदान गर्ने लक्ष्यसहित शाखा विस्तार गरेको बैंकले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
