काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा को कार्यकाल लम्बाउन नमिल्ने बताएको छ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्य काल लम्बाउने गरी विध्येक ल्याए पछि आयोगको प्रतिक्रिया आएको हो । सोमवार विज्ञप्ती जारी गर्दै आयोगले विगतको अभ्यास लाई सम्झाउँदै उम्मेदवारी पेश हुने अघिल्लो दिन सम्म कार्यकाल कायम रहने जनाएको छ । आयोगले निर्वाचन आचार संहिता लागू भइसकेको भन्दै चुनावलाई प्रभावित पार्ने काम नगर्न भनेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
