काठमाडौं – आजको प्रतिनिधि सभाको बैठकमा मिडिया काउन्सिल विध्येक पेस गर्ने तयारी छ । नेपाल पत्रकार महासंघले प्रधानमन्त्री शेरबहादुर देउवा लाई भेटेर संसदको चालु अधिवेशनमा नै विध्येक पास गर्न आग्रह गरे पछि देउवाले संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई निर्देशन दिएका थिए ।’शुक्रवारकै बैठकमा मिडिया काउन्सिल विध्येक पेश गर्ने तयारी छ’ – स्रोतले भन्यो ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पत्रकारलाई जेल हाल्ने र चर्को आर्थिक जरिवाना गर्ने प्रावधान सहित अघि बढाइएको विध्येक पत्रकार महासंघ सहित संचार क्षेत्रको विरोधका कारण अघि बढ्न सकेको थिएन । अहिले त्यस्ता प्रावधान संशोधन गरेर पारित गर्न लागिएको हो ।
वर्तमान प्रेस काउन्सिललाई प्रतिस्थापन गर्दै पुर्नसंरचना गर्न मिडिया काउन्सिल विध्येक अघि बढाइएको हो ।
यो विध्येक राष्ट्रिय सभावाट पारित भई प्रतिनिधि सभामा आएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
