काठमाडौं – फोहोर फाल्न स्थानिय वासिन्दाले अवरोध गरे पछि बञ्चरेडाँडामा तनाव उत्पन्न भएको छ । मंगलवार दिउँसो फोहोर बोकेको गाढीलाई स्थानियले अवरोध गरे पछि प्रहरीले बल प्रयोग गरेको छ । स्थानिय र प्रहरी विच झड्प हुँदा प्रहरीले कम्तिमा ५ राउण्ड हवाई फायर गरेको छ । काठमाडौमा फोहोरको समस्या विकराल बन्दै गर्दा वञ्चरे डाँडाका स्थानियले भने फोहोर फाल्न नदिने भन्दै निरन्तर अवरोध गर्दै आएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
