Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं क्षेत्र नं. ५ : यस्तो छ, इश्वर पोखरेलको चुनावी अंकगणित


  • मंगलबार, साउन ३१ २०७९

  • काठमाडौं क्षेत्र नं. ५ : यस्तो छ, इश्वर पोखरेलको चुनावी अंकगणित

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौंमा १० क्षेत्र एउटा क्षेत्र मात्रै जित्न सकिने आन्तरिक निष्कर्ष निकालेको छ । एमालेले जित्न सकिने सुचिमा राखेको क्षेत्र काठमाडौ – ५ हो । जहाँ एमालेका दोस्रो वरियताका नेता इश्वर पोखरेल चुनाव लड्दै छन । अघिल्लो निर्वाचनमा करिव दश हजार मतको अन्तरले जितेका पोखरेलको चुनावी अंक गणित कस्तो छ त ?
    ०७४ मा एमालेका इश्वर पोखरेलले २३ हजार २९ मत पाउदा कांग्रेसका डा. प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए । साझा पार्टीका तत्कालीन अध्यक्ष उज्वल थापा ६ हजार ८५३ मतसहित तेस्रो भएका थिए । केहि मत राप्रपा र अन्य दलले पाएका थिए । पोखरेलले ९ हजार ८ सय ६० मतको अग्रता सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । यो परिणाम महा वामगठवन्धन र कांग्रेस सहित अन्य दल विच चुनावी प्रतिस्पर्धा हुँदाको हो ।
    स्थानिय निर्वाचनमा वडा अध्यक्षले पाएको मत हेर्दा एमालेले १९ हजार ७०३,कांग्रेसले १४ हजार ८५३, राप्रपाले २ हजार ८२२, एकिकृत समाजवादी १ हजार ८२७, माओवादी १ हजार १६८ र जसपाले ५८ मत प्राप्त गरेका छन । स्थानिय निर्वाचनकै मत हेर्ने हो भने पनि पोखरेल जम्माजम्मी करिव १८ सय मतले मात्रै आगाढी छन ।
    विवेकशिल साझाका उम्मेदवार थापाले ल्याएको ६ हजार ८५३ मतले नै क्षेत्र नं ५ को नतिजा निर्धारण गर्ने छ । थापाको कोभिड संक्रमणका कारण निधन भइसकेको छ । उक्त मत मध्य ठूलो हिस्सा कांग्रेसको भएको कुरामा स्यंम एमाले समेत सहमत देखिन्छ ।
    थापाले प्राप्त गरेको झण्डै ७ हजार मत मध्य केहि मत स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी विवेकशील साझाकै पूर्व नेतृ रञ्जु दर्शनालाई जाने सम्भावन देखिन्छ भने केहि मत कांग्रेसमै फिर्ता आउने देखिन्छ । यस हिसावले क्षेत्र नं ५ मा पोखरेल सुरक्षित छैनन भन्ने देखाउँछ ।
    क्षेत्र नं . ५ का एक माओवादी नेता भन्छन – इश्वर पोखरेल यस क्षेत्रमा कमजोरै उम्मेदवार त होइनन् तर गठवन्धनले अलिकति मात्र सावधानी र तरिका पुऱ्यायो भने सहजै पराजित हुन्छन । पोखरेल विरुद्ध आफुहरुसंग चुनावी मुद्धाको कमि नभएको उनको तर्क छ ।
    स्थानिय निर्वाचनमा एमालेको नाममा देखिएको मत सबै पोखरेलको नभएको तर्क कांग्रेसको छ । कांग्रेसका एक स्थानिय नेता उदाहरण दिँदै भन्छन – ‘काठमाडौं महानगर पालिका वार्ड नं . ४ मा एमालेका वडा अध्यक्षका उम्मेदवारले ल्याएको ४ हजार ६ सय मत सबै एमालेको होइन । त्यसमा कांग्रेसको पनि मत मिसिएको उनको दावी छ ।’ महानगर पालिकाकै अर्को ३ नं . वडामा पनि एमालेमा ठूलो विवाद छ त्यसको लाभ पनि गठवन्धनलाई पुग्ने कांग्रेसको दावी छ । यी दुवै वडा क्षेत्रकै सर्वाधिक मतदाता भएको र एमालेको प्रभाव भएका वडा हुन । टोखा नगर पालिकाको वार्ड नं २ र ३ वडामा पनि कांग्रेस उम्मेदवारलाई संगठित अन्तरघात भएकाले ती दुई वडामा एमालेको मत धेरै देखिएको दावी कांग्रेसको छ ।
    कांग्रेसले स्थानिय नेतालाई उम्मेदवार बनाएमा पोखरेल थप अप्ठ्यारोमा पर्ने कांग्रेस नेताहरु बताउँछन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij