Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जबराविरुद्धको महाअभियोग प्रस्ताव छलफलका लागि समितिमा पठाइयो


  • आइतबार, साउन २२ २०७९

  • जबराविरुद्धको महाअभियोग प्रस्ताव छलफलका लागि समितिमा पठाइयो

    काठमाडौं– प्रतिनिधि सभा बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइएको छ ।
    आइतबार बसेको प्रतिनिधिसभा बैठकले जबरामाथिको महाअभियोग प्रस्ताव अध्ययनका लागि महाअभियोग सिफारिस समितिमा पठाएको हो ।
    अब महाअभियोगबारे ११ सदस्यीय सिफारिस समितिले अध्ययन गर्नेछ ।
    समितिले बढीमा अबको ३ महिनाभित्र उक्त महाभियोग माथि छानिबन गर्नेछ। छानबिनको क्रममा उनी माथि लगाइएका २१ बुदेँ आरोपबारे समितिले जबरासँग सोधपुछसमेत गर्न सक्नेछ।

    प्रधानन्यायाधीश राणाविरूद्ध सत्तारूढ गठबन्धनका ९८ सांसदले २०७८ फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।२०७८ साल फागुन २२ प्रतिनिधि सभाले राणा विरूद्धको महाभियोग छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो। समितिले अध्ययन गरेर आवश्यक सुझाव प्रतिनिधिसभासमक्ष पेस गर्नेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij