काठमाडौं – ६ लाख घुस सहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उप – सचिव प्रमोद नेपालले प्रयोग गरेको सरकारी गाढीवाट थप १६ लाख ५० हजार वरामद भएको छ । अख्तियार टोलीले उनको गाढीवाट थप रकम वरामद गरेको हो । उनलाई अख्तियार दुरुपयोग अनुशन्धान आयोगले रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ ।
उनलाई नागपोखरीवाट पक्राउ गरिएको हो । पर्यटन व्यवसाय दर्ताको लागी उनले घुस लिएको अख्तियारले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
