Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एसईई ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने


  • आइतबार, साउन १५ २०७९

  • एसईई ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने

    काठमाडौं -माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । बोर्डले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

    दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थी र ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेको दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।

    बोर्डका अनुसार ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले भदौ पाँच गतेसम्म सम्बन्धित विद्यालयमा ५०० राजश्व तिरी आवेदन दिनुपर्ने छ । परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij