Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ५६४ जनामा कोरोना संक्रमण


  • बुधबार, साउन ११ २०७९

  • थप ५६४ जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४५४ जनामा गरिएको परीक्षणमा ५४६ जनामा संक्रमण पुष्टि भएको हो ।

    दुई हजार ७७८ पीसीआर परीक्षणमा ४१८ र एक हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ ।

    हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ९२९ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij