Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

तिन देशका लागि राजदूत नियुक्त


  • मंगलबार, साउन १० २०७९

  • तिन देशका लागि राजदूत नियुक्त

    काठमाडौं । स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तीन देशका लागि राजदूत नियुक्त गरेकी हुन् ।

    स्पेनका लागि नेपाली राजदूतमा डा. शर्मिला पराजुली (ढकाल)लाई नियुक्त गरिएको छ । यस्तै, रुसी महासंघका लागि मिलनराज तुलाधार र रामस्वार्थ रायलाई डेनमार्कका लागि राजदूत नियुक्त गरिएको छ ।

    भारतका लागि आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि समेत राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij