Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालबालिकालाई आजदेखि कोरोनाविरुद्ध दोस्रो मात्रा खोप लगाइँदै


  • सोमबार, साउन २ २०७९

  • बालबालिकालाई आजदेखि  कोरोनाविरुद्ध दोस्रो मात्रा खोप लगाइँदै

    काठमाडौं – बालबालिकालाई आजदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ ।
    पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई दोस्रो मात्रा खोप लगाउन लागिएको हो ।
    बालबालिकालाई दोस्रो मात्रा खोप नजिकको विद्यालयमा तय गरिएको खोप केन्द्रबाट दिइनेछ ।
    दोस्रो मात्रा खोप काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, झापा,मोरङ, इलाम, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी,कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत,कैलाली, कञ्चनपुर डडेलधुरा जिल्लाका बालबालिकाले पाउनेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij