Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे


  • बुधबार, असार २९ २०७९

  • देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति  गोटाबाया राजपक्षे

    काठमाडौं – श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर भागेका छन् । ७३ वर्षीय राजपक्षे माल्दिभ्सको राजधानी माले पुगेका छन् । स्थानीय समयानुसार बुधबार बिहान ३ बजे उनी त्यहाँ पुगेको बीबीसीले जनाएको छ । आर्थिक संकटका कारण जारी विरोध प्रदर्शनबीच उनी एक सैनिक विमानमार्फत भागेका हुन् । राष्ट्रपतिको कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राजापाक्षे मंगलबार राती मुलुक छोडेर भागेका हुन् ।
    श्रीलंकाको वायुसेनाले राजपक्षे आफ्नी श्रीमती र दुई सुरक्षा अधिकारीहरूका साथ माल्दिभ्सतर्फ उडेको पुष्टि गरेको छ । राजापाक्षे भागेसँगै श्रीलंकामा वर्षौंदेखि चल्दै आएको राजापाक्षे परिवारको शासन अन्त्य भएको बीबीसीले टिप्पणी गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij