Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल प्रहरीमा नयाँ इतिहास : एकै पटक चार महिला डिआइजीमा सिफारिस


  • बिहिबार, असार ९ २०७९

  • नेपाल प्रहरीमा नयाँ इतिहास : एकै पटक चार महिला डिआइजीमा सिफारिस

    काठमाडौं – नेपाल प्रहरीका २७ एसएसपी मध्य १७ जना डिआइजीमा सिकारिस भएका छन । गृह मन्त्रालयको वढुवा समितिको गएराति बसेको बैठकले एक नम्बरमा वसन्त कुँवर लाई बढुवा सिफारिस गरेको हो । एक नम्बरमा बढुवा भएका डिआइजी भावी आइजिपीका सम्भावित अधिकृत हुन ।

    त्यसै गरी चारजना महिला एसससपी डिआइजीमा सिफारिस भएका छन । नेपाल प्रहरीको इतिहासमा चार जना महिला डिआइजी सिफारिस भएको यो पहिलो पटक हो । किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना चारैजना डीआईजी बढुवा सिफारिसमा परेका छन् ।

    डिआइजीमा सिफारिसमा परेका अन्य एसएसपीहरुमा टेकप्रसाद राई ,अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि डीआईजी बढुवामा सिफारिस भएका छन् ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij