काठमाडौं – नेपाल प्रहरीमा डिआइजी बढुवाका लागी एसएसपीहरु शक्ति केन्द्र धाउन थालेका छन । १७ रिक्त डिआइजी पदका लागी २७ एसएसपी प्रतिस्पर्धामा छन । १ नम्बरमा पर्ने डिआइजी ११ महिना पछि आइजीपी बन्ने छन ।
डिआइजी बन्न गृह मन्त्रालयको रोजाइमा मात्र परेर नहुने भए पछि एसएसपीहरु वालुवाटारको सुत्र पत्ता लगाउन दैडधुपमा रहेको बताइएको छ ।
‘सबै लिष्ट वालुटार बाटै बन्छ त्यहिं पहुँच बनाउनुको विकल्प छैन’ – एक प्रहरी अधिकृतले भने । इन्सपेक्टर देखी आइजी सम्मको लिष्ट वालुवाटार मै बन्ने ति अधिकृतले बताए । यस पटकको डिआइजी बढुवामा चलावेल हुने र वरिष्ठता मिचिने आशंका गरिएको छ ।
डीआईजीको प्रतिस्पर्धामा एसएसपीहरू उमेशराज जोशी, रामदत्त जोशी, सन्दीप भण्डारी, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, सुदीप गिरी, दुर्गा सिंह, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल छन् ।
यस्तै, एसएसपीहरू जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञविनोद पोखरेल र चन्द्रकुवेर खापुङ किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना डीआईजीको प्रतिस्पर्धामा छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
