Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एक अर्ब दुई करोडको लागुऔषध हेरोइनसहित सात जना पक्राउ


  • बिहिबार, असार २ २०७९

  • एक अर्ब दुई करोडको लागुऔषध हेरोइनसहित सात जना पक्राउ

    काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक अर्ब दुई करोड रुपैयाँबराबरको अवैध लागुऔषध हेरोइनसहित सातजनालाई पक्राउ गरेको छ ।

    ब्युरोले गएको जेठ २६ देखि ३१ गतेसम्म एक साताको अवधिमा ५१ किलो हेरोइन बरामद गरेको हो । बरामद हेरोइनको बजार मूल्य एक अर्ब दुई करोड रुपैयाँबराबार हुन आउने ब्युरोले जनाएको छ ।

    विभिन्न देशहरूबाट सो हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइएको थियो । हेरोइन नेपाल ल्याएर भारत हुँदै तेस्रो मुलुकसम्म पुग्ने प्रहरी अनुसन्धानले देखाएको छ ।

    पक्राउ परेका सबै सातैजना महिला हुन् । उनीहरू सबै दक्षिण अफ्रिकी नागरिक भएको ब्युरोले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij