Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण


  • आइतबार, जेष्ठ २२ २०७९

  • विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

    काठमाडौं– बिश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा पिडिएसएस वातावरण संस्थाद्वारा आयोजित जनचेतनामूलक ¥याली सम्पन्न भएको छ । विभिन्न संघसंस्था, क्लब, बैक, कम्पनीहरुको सहभागीतामा कामपा २ वडा संग सहकार्य गरी लाजिम्पाटमा कार्यक्रम आयोजना गरिएको थियो ।
    पिडिएसएस वातावरण संस्था बिगत १२ बर्ष देखि मुख्य त सडकपेटी हरियाली कार्यक्रम गर्दै आएको संस्था हो । यस संस्थाको अध्यक्ष कृष्णप्रसाद पौड्याल रहेका छन् ।
    ललितपुर बागमती पुलदेखि जाउलाखेल, बालुवाटार प्रधानमन्त्री क्वाटर अगाडि मुख्य रोड, महाराजगन्ज, लाजिम्पाट, सपनतिर्थ टोखा मन्दिर वरपर, धापसी दाहाल गौडा चोक लगायत विभिन्न ठाउँहरुमा हरियाली वातावरण बनाउन संस्था सफल भएको छ ।
    यस जनचेतनामुलक कार्यक्रममा लाइन्स क्लब अफ काठमाडौं कर्मालयको पनि सहभागीता रहेको थियो । सामाजिक काममा सधै सबैसंग सहकार्य गर्ने लाइन्स क्लब अफ काठमाडौं कर्मालयका अध्यक्ष भगवान कार्कीले बताए ।
    सडकपेटिमा हजारौं बोट बिरुवा रोपेर बृहत वृक्षारोपण गरि सडक पेटि हरियाली अभियान्ता कृष्णप्रसाद पौड्यालको आगामी लक्ष्य सफा सुन्दर हरियाली नगर, माहानगर बनाउनरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij