Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सल्यानमा बस दुर्घटना हुँदा १० जना घाइते


  • शुक्रबार, जेष्ठ १३ २०७९

  • सल्यानमा बस दुर्घटना हुँदा  १०  जना घाइते

    सल्यान– सल्यानमा यात्रुवहाक बस दुर्घटनामा हुँदा १० जान घाइते भएका छन् । सल्यानको बागचौर नगरपालिका– ९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रु बस बागचौर नगरपालिका– २ शारदा खोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस दुर्घटनामा परी घाइते हुनेमा बसमा सवार ९ जना र एक जना मोटरसाइकलमा सवार व्यक्ति पनि छन् ।

    दुर्घटनामा परेर घाइते भएका  मध्ये ४ लाई थप उपचारका लागि जिल्ला बाहिर रुफर गरिएको छ । तीन जनाको अवस्था भने सामान्य भएको उनीहरुको थारमारे स्थित जनप्रिय अस्पतालमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij