काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार सम्बन्धी मुद्दाको हदम्याद बढाउन सरकारले गृहकार्य अघि बढाएको बताएका छन । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको नेतृत्वमा गएको कांग्रेस महिलाहरुको प्रतिनिधि मण्डलको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले यस वारे सरकार गम्भिर रहेको र हदम्याद बढाउने प्रक्रिया अघि बढाएको बताएका हुन । बलात्कार सम्बन्धी मुद्धामा प्रचलित कानुनमा एक वर्ष भित्र उजुरु गर्ने व्यवस्था छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
