Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वीरगन्जको प्रमुखमा जसपाका राजेशमान सिंह निर्वाचित


  • मंगलबार, जेष्ठ १० २०७९

  • वीरगन्जको प्रमुखमा जसपाका राजेशमान सिंह निर्वाचित

    वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । जसपाका सिंहले ४६ हजार २ सय १५ मत ल्याउँदा नेकपा एमालेका बिजय सरावगीले २३ हजार ६ सय ७१ मत मात्र प्राप्त गरेका छन् ।

    सिंह २२ हजार ५ सय ४४ मतान्तरले विजयी भएका हुन् । राप्रपाका गिरीश गिरीले ३ हजार ३ सय १३ मत प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेस उम्मेदवार इम्तियाज आलम ठूलो मतान्तरले विजयी भएका छन् । वीरगञ्ज महानगरका ३२ वटा वडा मध्ये १३ वटा वडामा जसपा, ९ वटामा काँग्रेस, ८ मा एमाले र २ लोसपाले जितेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij