Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मत गणना सकिनु अघि नै भरतपुरमा रेणु दाहालको जित सुनिश्चित


  • सोमबार, जेष्ठ ९ २०७९

  • मत गणना सकिनु अघि नै भरतपुरमा रेणु दाहालको जित सुनिश्चित

    काठमाडौं – भरतपुर महानगर पालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालको जित सुनिश्चित भएको छ । मत गणना सकिनु अघि नै दाहालको जित सुनिश्चित भएको हो । १ लाख १६ हजार ६ सय ६६ मत गणना हुँदा दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् ।

    त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३५ हजार ५ सय ८३ मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २ सय ६३ मत ल्याएका छन् । सुवेदी भन्दा दाहाल ११ हजार ४ सय ५७ मतले अगाडि छिन् । महानगरमा १० हजार ९ सय मत गणना गर्न अब मात्र बाँकी छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij