Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंमा बालेनको अग्रता कामयै, कसको मत कति ?


  • आइतबार, जेष्ठ ८ २०७९

  • काठमाडौंमा बालेनको अग्रता कामयै, कसको मत कति ?

     

    काठमाडौं – काठमाडौं महानगरपलिकाको मत गणना आज नवौँ दिन पनि जारी छ । हालसम्म एकलाख १५ हजार ६५१ मत गन्दा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ४० हजार ९२७ मत प्राप्त गरेका छन् ।

    बालेन १७,३७९ मतले अगाडि छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार ५४८ ल्याएकी छन् । दोस्रो स्थानमा झरेका नेकपा (एमाले)का केशव स्थापितले २२ हजार ६९६ मत ल्याएका छन् । स्थापित सिंहभन्दा ८५५ मतले पछाडि छन् ।

    काठमाडौंका बत्तिस वडामा कुल एक लाख ९१ हजार १८६ मत खसेको थियो । अझै ७५ हजार ५३५ मत गन्न बाँकी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij