Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

६८९ पालिकाको नतिजा सार्वजनिक


  • शनिबार, जेष्ठ ७ २०७९

  • ६८९ पालिकाको नतिजा सार्वजनिक

    काठमाडौं– स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ६८९ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसअन्तर्गत नेपाली काँग्रेसले ३०५ पालिका जितेको छ भने नेकपा (एमालेले) १८७ पालिका जितेको छ ।

    यसैगरी, नेकपा (माओवादी केन्द्र)ले ११८ पालिका जित्दा नेकपा (एकीकृत समाजवादी)ले नौ, जनता समाजवादी पार्टीले १९ र अन्य पार्टीले ५१ पालिका जितेका छन् ।

    शनिबार बिहान ११ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डाटामा समाविष्ट तथ्याङ्क अनुसार नेपाली काँग्रेसले १२१ पालिकामा प्रमुख पद जितेको छ भने १६ पालिकामा अग्रता लिएको छ ।

    यस्तै, नेकपा (एमाले) ले ६६ पालिकामा प्रमुख पद जितेको छ भने १६ पालिकामा अग्रता लिएको छ। नेकपा (माओवादी केन्द्र) ले २२ पालिकामा प्रमुख पद जितेको छ भने चार पालिकामा अग्रता लिएको छ ।

    यस्तै, नेकपा (एकीकृत समाजवादी) ले नौ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता कायम गरेको छ । यस्तै, अन्य पार्टीले २४ पालिकामा प्रमुख पद जितेको छ भने ११ पालिकामा अग्रता बनाएको छ ।

    गाउँपालिकातर्फ कांग्रेसले १८४ पालिकामा अध्यक्ष पद जितेको छ भने चार पालिकामा अग्रता लिएको छ । एमालेले १२१ पालिकामा अध्यक्ष पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ ।

    माओवादी केन्द्रले ९६ पालिकामा अध्यक्ष पद जितेको छ भने कुनै पनि पालिकामा अग्रता लिएको छैन । जनता समाजवादी पार्टी (जसपा)ले १९ पालिकामा अध्यक्ष पद जितेर तीन पालिकामा अग्रता लिएको छ । यस्तै, अन्य पार्टीले २७ पालिकामा अध्यक्ष पद जितेको भने चार पालिकामा अग्रता लिएको छ ।

    यस्तै, कांगेसले ९२ पालिकामा उपप्रमुख पद जितेको छ भने १७ पालिकामा अग्रता लिएको छ । यस्तै, एमालेले ८९ पालिकामा उपप्रमुख पद जितेको छ भने २३ पालिकामा अग्रता लिएको छ ।

    माओवादी केन्द्रले ३१ पालिकामा उपप्रमुख पद जितेर पाँच पालिकामा अग्रता लिएको छ। जनता समाजवादीले नौ पालिकामा उपप्रमुख पद जितेर दुई पालिकामा अग्रता कायम राखेको छ । अन्यले २० पालिकामा उपप्रमुख पद जितेका छन् भने तीन पालिकामा अग्रता लिएका छन् ।

    यस्तै, कांग्रेसले १८७ पालिकामा उपाध्यक्ष पद जितेको छ भने तीन पालिकामा अग्रता बनाएको छ । एमालेले १२२ पालिकामा उपाध्यक्ष पद जितेको छ भने चार पालिकामा अग्रता लिएको छ ।

    माओवादी केन्द्रले ९३ पालिकामा उपाध्यक्ष पद जितेको छ भने तीन पालिकामा अग्रता लिएको छ । जनता समाजवादी पार्टीले १८ पालिकामा उपाध्यक्ष पद जितेको छ भने एक पालिकामा अग्रता बनाएको छ ।

    अन्यले २७ पालिकामा उपाध्यक्ष पद जितेका छन् भने दुई पालिकामा अग्रता लिएका छन् । यस्तै, कांग्रेसले दुई हजार ४९९ वटा वडामा अध्यक्ष जितेर १२ वटा वडामा अग्रता लिइरहेको छ ।

    नेकपा एमालेले एक हजार ९९३ वटा वडा जित्दा १६ वडामा अग्रता लिइरहेको छ। नेकपा (माओवादी केन्द्र) ले एक हजार २३ वटा वडामा अध्यक्ष जितेको छ । दुई वटा वडामा उसले अग्रता लिइरहेको छ ।

    यस्तै, जनता समाजवादी पार्टीले २६२ वटा वडामा अध्यक्ष जितेको छ भने तीन वटा वडामा अग्रता लिइरहेको छ । अन्यले ५४९ वटा वडा जितेका छन् भने चार वटामा अग्रता लिएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij