काठमाडौं – बलात्कारको आरोप लागेका नेपाल प्रहरीका पूर्व डिएसपी राजकुमार खिउजुले सफाइ पाएका छन् । जिल्ला अदालत ललितपुरले उनलाई सफाइ दिएको हो ।
जिल्ला अदालत ललितपुरका न्यायाधीश देवकुमार गिरीको इजलासले खिउजुमाथि लगाइएको अभियोगमा दाबी नपुग्ने ठहर गरेको छ । जिल्ला अदालत ललितपुरका श्रेस्तेदार विष्णु प्रसाद पाण्डेयले पूर्व डिएसपी खिउजुले सफाइ पाएको जानकारी दिए । ०७५ माघ ३० मा ललितपुर महांकाल घर भएकी २१ वर्षीया युवतीले आफुलाई खिउजुले कार्यकक्षमा नै बलात्कार गरेको आरोप लगाएर उजुर गरेकी थिइन् । बलात्कारको जाहेरी दर्ता भएपछि भागेका खिउजुलाई महानगरीय प्रहरी परिसर ललितपुरले ०७६ फागुन २१ मा पक्राउ गरेको थियो । अदालतको आदेशले उनलाई पुर्पक्षका लागी थुनामा राखिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
