काठमाडौं – आज १३३औँ श्रमिक दिवस मनाईँदा छ । श्रमिक दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिएका छन ।
राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने कुरामा जोड दिएकी छिन ।
त्यसै गरी प्रधानमन्त्री देउवाले नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन र हरेक लोकतन्त्र प्राप्तिको आन्दोलनमा श्रमिक वर्गको महत्वपूर्ण योगदान रहेको स्मरण गरेका छन l
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
