Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आयोगले मंगलबारदेखि नै मतपत्र ढुवानी गर्ने


  • सोमबार, बैशाख १२ २०७९

  • आयोगले मंगलबारदेखि नै मतपत्र ढुवानी गर्ने

    काठमाडौं – निर्वाचन आयोगले भोली अर्थात मंगलबारदेखि मतपत्र ढुवानी सुरु गर्ने भएको छ ।
    सोमबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकी मत पत्रको पनि छपाई जारी रहेको जानकारी दिए ।
    प्रवक्ता पौडेलले भने – ‘निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने क्रम पूरा गरेको छ । वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गर्ने तयारी भएको छ’ ।
    उनका अनुसार हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाई सकिएको छ । निर्वाचन आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij