Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजदूत श्रीधर खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत


  • सोमबार, बैशाख १२ २०७९

  • राजदूत श्रीधर खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

    काठमाडौं– अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जोसेफ बाइडेन समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राजदूत खत्रीले यही अप्रिल १९ मा पेश गर्नुभएको प्रमाणपत्र अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले ग्रहण गर्नुभएको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    यसअघि ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न भौतिक रुपमा उपस्थित हुने व्यवस्थालाई परिमार्जन गरी कोरोना महामारीका कारण पत्रमार्फत ओहोदाको प्रमाणपत्र पेश गरिएको थियो । सोही बमोजिम राजदूत खत्रीले अमेरिकी विदेश मन्त्रालयमार्फत ह्वाइट हाउसमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij