Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गठबन्धनबाट ६ वटै महानगरपालिकामा मेयरको उम्मेदवार फाइनल


  • सोमबार, बैशाख १२ २०७९

  • गठबन्धनबाट ६ वटै महानगरपालिकामा मेयरको उम्मेदवार फाइनल

    काठमाडौं– नेपाली काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महागरपालिकामा उम्मेदवार टुंगो लगाएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काँग्रेसले सोमबार मेयर पदको उम्मेदवार टुंगो लगाएको हो ।
    प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले काठमाडौंको मेयरमा श्रृजना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरको मेयरमा नागेश कोइरालालाई उठाउने निर्णय गरेको हो ।
    गठबन्धनमा भएको सहमतिअनुसार ६ महानगरपालिकामध्ये काँग्रेसले ३ र माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी पार्टीले १–१ सिट पाएका थिए ।
    यससँगै गठबन्धनको तर्फबाट मेयरमा लड्ने सबै दलले उम्मेदवार टुङ्ग्याएका छन् ।
    गठबन्धनबाटै भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य उम्मेदवार रहेका छन् । यस्तै वीरगन्ज महानगरपालिकाको मेयरमा गठबन्धनको साझा उम्मेदवारका रुपमा जसपाका राजेशमान सिंह रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij