काठमाडौं– वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न भरतपुर र वीरगन्जका मेयरले राजीनामा दिएका छन्।
शुक्रबार महानगरका जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकालको समीक्षा पुस्तक विमोचन गर्दै उनले राजीनामा घोषणा गरेकी हुन्। उनले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन्।
वीरगन्जका मेयर विजय सरावगीले बिहीबार दिएको राजीनामा शुक्रबार स्वीकृत भएको हो।
उनी यसपालि नेकपा एमालेबाट वीरगन्जको मेयर उठ्दैछन्।
भरतपुरको मेयरमा ५ दलीय गठबन्धनले माओवादी केन्द्रका उम्मेदवार उठाउने सहमति गरेको थियो। माओवादी केन्द्रबाट दाहाल निर्विकल्प उम्मेदवार हुन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
