Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवाले वचन दिएका डंगोललाई काठमाडौंको मेयरको सिफारिसमै पारिएन !


  • बिहिबार, बैशाख ८ २०७९

  • देउवाले वचन दिएका डंगोललाई काठमाडौंको मेयरको सिफारिसमै पारिएन !

    काठमाडौं – नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेता प्रकाशमान शिंह पत्नी सृजना शिंह सहित पाँच जनाको नाम मेयरका लागी सिफारिस गरेको छ । महानगर समितिले महानगर सभापति निलकाजी शाक्य सहित हरिप्रभा खड्गी श्रेष्ठ, सुसन वैध र प्रगतिमान रंजितको नाम सिफारिस गरेको हो।

    महानगर समितिले उपमेयरका लागी सुशीला ढकाल र अमिता प्रधान शाक्यको नाम पनि सिफारिस गरेको छ।

    मेयरका आकांक्षी तिर्थराम डंगोलको नाम सिफारिसमा परेको छैन । सभापति शेरबहादुर देउवाले मेयरको उम्मेदवार बनाउँने वचन दिएका डंगोल सिफारिसमै नपरे पछि कांग्रेसले शिंहलाई उम्मेदवार बनाउँन लागेको संकेत देखिन्छ । सिफारिसमा परेका रञ्जीत वाहेक सबै प्रकाशमान शिंह निकट हुन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij