काठमाडौं – संघिय राजधानी काठमाडौमा रहेको देशकै ठूलो महानगर काठमाडौं महानगर पालिकामा कांग्रेस नेता प्रकाशमान शिंहकी पत्नी सृजना शिंहलाई उम्मेदवार बनाउने तयारी गरिए पछि काठमाडौं कांग्रेसमा तरंग उत्पन्न भएको छ । नेपाल विद्यार्थी संघ काठमाडौं र नेपाल महिला संघ काठमाडौंले सिफारिस गरे पछि सृजना शिंहको चर्चा चुलिएको हो ।
तर प्रकाशमानले निक्कै अघि समय देखि पत्नी सृजनालाई काठमाडौंको मेयर बनाउने योजना बनाएका थिए । उनले मेयरका अन्य आकंक्षीलाई सृजनालाई सहयोग गर्न आग्रह गर्दै आएका थिए । सभापति शेरबहादुर देउवाले तिर्थराम डंगोललाई १४ औं महाधिवेशन लगतै काठमाडौंको मेयरको तयारी गर्न भनेका थिए । तर अहिले देउवा आफ्नो वचनवाट पछि हट्ने संकेत देखिन्छ ।
देउवाले डंगोललाई प्रकाशमानसंग छलफल गर्नु भन्दै पन्छाएको गुनासो डंगोल पक्षको छ । डंगोल र शिंह विच छलफल भए पनि सृजनालाई मेयर मान्न डंगोल तयार भएनन । डंगोलको असहमतिका विच पनि सृजनालाई मेयरमा खडा गर्ने तयारीमा कांग्रेस छ ।
काठमाडौमा प्रकाशमान इतर पक्षका एक नेता भन्छन – ‘कांग्रेस महाधिवेशन अघि देउवाको कट्टर आलोचक बनेका शिंह दोस्रो चरणको मतदानमा देउवालाई सर्मथन गरेर राजनितिक इमानदारीता गुमाएका शिंहले महानगरको मेयरमा पत्नीलाई अघि सारेर ओरालो यात्रा तर्फ लागेको बताए ।’
शिंहले महाधिवेशनमा आफुलाई सहयोग गरेकाले देउवा पनि प्रकाशमानको विरुद्ध जान चाहेका छैनन ।
कांग्रेसबाटै काठमाडौंको मेयरमा हरि प्रभा खड्गी निलकाजी शाक्य राजुराज जोशी प्रगतीमान रञ्जीत लगाएत पनि आकांक्षी छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
