Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सशस्त्र प्रहरीको एआईजीमा राजु अर्याल सिफारिस


  • सोमबार, बैशाख ५ २०७९

  • सशस्त्र प्रहरीको एआईजीमा राजु अर्याल सिफारिस

    काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
    एआईजी पुष्पराम केसीलाई सरकारले ३० चैतमा महानिरीक्षकमा बढुवा गरेको थियो । त्यसपछि रिक्त रहेको एउटा दरबन्दीमा एआईजी अर्याललाई बढुवा गर्न सिफारिस गरिएको हो ।

    सो पदमा डीआईजीहरू  नारायण दत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशिराज दाहालले आवेदन दिएको भएपनि अर्याल नै वरिष्ठताका आधारमा सिफारिस हुन् । योसँगै उनी भावी आईजीपी बन्ने निश्चित भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij